साढे २० करोड जरिवाना भएका २६ सय बढी फरार प्रतिवादी पक्राउ

मंगलबार, असार १७, २०८२
honor mob  winter sales

नेपालगन्ज । गत जेठ महिनामा मात्रै नेपाल प्रहरीले २ हजार बढी फरार प्रतिवादीलाई समात्न सफल भएको छ। प्रहरीको फरार प्रतिवादी पक्राउ अभियानतर्फ जेठमा ७ वटै प्रदेशबाट  २ हजार ६३८ जना फरार प्रतिवादी पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। 

Honor x7 pad

प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार पक्राउ पर्नेहरु सबै सम्बन्धित अदालतबाट फैसला भइसकेका प्रतिवादीहरु हुन्। उनीहरुबाट साढे २० करोड रुपैयाँ बढी जरिवानाको फैसला समेत रहेको छ।

जसअन्तर्गत प्रहरीले एक महिनामा सुदूरपश्चिम प्रदेशबाट ७२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। अदालतले  उनीहरुबाट ७२ लाख ७३ हजार ७६ रुपैयाँ जरिवानासमेत गरेको थियो भने लुम्बिनीबाट ४ सय पक्राउ पर्दा  उनीहरुलाई २ करोड २३ लाख ९७ हजार १४० रुपैयाँ जरिवाना गरिएको थियो।

त्यसैगरी कर्णाली प्रदेशबाट ८ लाख ७१ हजार २६९ रुपैयाँ जरिवाना गरिएका १३३ जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको प्रहरी पधान कार्यालयले जनाएको छ। प्रहरीले गण्डकि प्रदेशबाट १३३ जना फरार प्रतिवादीलाई समात्न सफल भएको छ। अदालतले  पक्राउ परेका उनीहरुलाई २ करोड ७० लाख ७९ हजार  ८२७ रुपैयाँ जरिवाना गरेको थियो।

बागमती प्रदेशबाट २ करोड ११ लाख ९० हजार १७६ रुपैयाँ बराबरको जरिवानाको फैसला सुनाइएका २९२ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। यस्तै ६ सय ९४ जना फरार प्रतिवादीलाई मधेस प्रदेशबाट पक्राउ परेका  छन् । प्रहरी प्रधान कार्यालयका अनुसार अदालतको फैसलाले उनीहरुबाट १ करोड ८६ लाख ५८ हजार १५७ रुपैयाँ जरिवाना गरिएको छ।

त्यसैगरी कोशी प्रदेशबाट ४ करोड ११ लाख २३ हजार ९९८ रुपैयाँ जरिवाना गरिएका २४१ जना फरार प्रतिवादीलाई गत जेठ महिनामा प्रहरीले समातेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। फरार प्रतिवादी समात्ने अभियानकै क्रममा सबैभन्दा बढी काठमाडौं उपत्यकाबाट प्रहरीले ३ करोड ३ लाख ९५ हजार ७३० रुपैयाँ जरिवाना गरिएका ७२९ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले ३ करोड ५४ लाख ७० हजार रुपैयाँ जरिवानासमेतको फैसला भएका ११ प्रतिवादीलाई पक्राउ गरेको हो।

प्रकाशित मिति: मंगलबार, असार १७, २०८२  १३:०८
प्रतिक्रिया दिनुहोस्