एकैपटक ठुलो संख्यामा नेपाल प्रहरीको सहायक हवल्दार र हवल्दारमा बढुवाका लागि सिफारिस

मंगलबार, असार १७, २०८२
Honor 600 pro

काठमाडौं ।एकैपटक  नेपाल प्रहरीतर्फका प्रहरी सहायक हवल्दार र हवल्दारमा ठुलो संख्यामा बढुवा सिफारिस गरिएको छ।

प्रहरी प्रधान कार्यालयले १४ सय ९७ प्रहरी जवानलाई सहायक हवल्दारमा बढुवा सिफारिस गरेको हो। त्यसैगरी १४ सय ४२ जना प्रहरी सहायक हवल्दारलाई प्रहरी हवल्दारमा बढुवाका लागि सिफारिस गरेको छ।

असार १६ गते बसेको बढुवा समिति उनीहरुलाई सहायक हवल्दार र हवल्दारमा बढुवा गर्न सिफारिस गरेको हो।

प्रकाशित मिति: मंगलबार, असार १७, २०८२  १०:४४
प्रतिक्रिया दिनुहोस्