सुन तस्करी प्रकरणको अनुसन्धान अधिकृत सीआईबीका एसपी थापा तोकिए

सोमबार, साउन २२, २०८०
honor mob  winter sales

काठमाडौं । १ क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धान आजदेखि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) अगाडि बढाएको छ।

Honor x7 pad

सुन प्रकरणको अनुसन्धान अधिकृतका रुपमा सीआईबीले एसपी सञ्जयसिंह थापा तोकेको छ। आजबाट यस प्रकरणमा एसपी थापाको नेतृत्वमा अनुसन्धान सुरु गरिएको छ।

उक्त सुन तस्करी प्रकरणमा राजश्व छलीमात्रै नभएर संगठित अपराध र अन्तरदेशीय अपराध भएको भन्दै अनुसन्धानको जिम्मा प्रहरीलाई दिनुपर्ने माग भएको थियो।

जसअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन तस्करी  प्रकरणको अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई दिएपछि आइतबार साँझ १७ जना आरोपीहरूलाई राजस्व अनुसन्धान विभागबाट सीआईबीको हिरासतमा ल्याइएको थियो । १८ दिनपछि विभागले आइतबार अनुसन्धानका प्रमाण र आरोपीहरूलाई सीआइबीको जिम्मा लगाएको हो । 

विभागले यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट ‘ब्रेक शु’मा हालेर ल्याइएको अन्दाजी १ क्विन्टल सुन बरामद गरेको थियो ।

उक्त सुन अहिले परिमाण यकिन गर्न नेपाल राष्ट्र बैङ्कको टक्सार महाशाखामा राखिएको छ । अहिलेसम्म उक्त घटनामा संलग्न रहेको आरोप १८ जना पक्राउ परेकामा बिरामीका कारण एक जनालाई तारिखमा छाडिए पनि १७ हिरासतमा छन् । 

यसअघि विभागले गरिरहेको अनुसन्धानमा सहयोग गर्न प्रहरी प्रधान कार्यालयले एसपी कृष्ण पंगेनीलाई खटाएको थियो । अहिले पंगेनीलाई पनि सीआईबीको अनुसन्धानमा सहयोग गर्न खटाएको प्रधान कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १६:१४
प्रतिक्रिया दिनुहोस्