प्रहरी निरीक्षक रामद्वारा इलाका प्रहरी कार्यालय रामपुरको निरीक्षण

आइतबार, असार १५, २०८२
Honor 600 pro

पाल्पा। इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) राम बहादुर नेपालीले कार्यालयको निरीक्षण गरेका छन् । साताब्यापी निरीक्षणका क्रममा आज बिहान इन्स्पेक्टर नेपालीले प्रहरी कर्मचारीको व्यक्तिगत टर्नआउटको हेर्दै कार्यालय परिसरको जाँच गरेका हुन् ।

निरीक्षणका क्रममा इन्स्पेक्टर नेपालीले इलाका प्रहरी कार्यालय रामपुरको प्रहरी हिरासत कक्ष,प्रहरी मेष,ब्यारेक लगायत कार्यालयका सबै शाखाहरुको अवलोकन गरेका छन् ।

इन्स्पेक्टर नेपालीले निरीक्षण गर्दै सबैभन्दा पहिला कर्मचारीको चालचलन सहि हुनुपर्ने बताउँदै संगठनले दिएको जिम्मेवारीलाई कर्तव्यनिष्ठ र इमानदारीपूर्वक निभाउन निर्देशन दिएका थिए।

गलत कार्य जो सुकै भएपनि कानुनको दायरा ल्याउन पछि नहट्न इन्स्पेक्टर नेपालीले कार्यालयका प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका थिए।

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  १०:५९
प्रतिक्रिया दिनुहोस्