नेपालगन्जबाट ठुलो परिमाणमा खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ

आइतबार, असार १५, २०८२
Honor 600 pro

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट २० ग्राम बढी खैरो हेरोइनसहित प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ। 

नेपालगन्जस्थित लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालयबाट खटिएको टोलीले शनिबार साँझ २० ग्राम ९२० मिलिग्राम खैरो हेरोइनसहित भारतको उत्तर प्रदेशस्थित बहराइच जिल्लाको केवलपुरका २४ वर्षीय मोहम्मद आरिफलाई पक्राउ गरेको हो।

खैरो हेरोइनको कारोबार भइरहेको विशेष सूचना पाएर गएको लागुऔषध ब्यूरोको टोलीले आरिफलाई नेपालगन्ज-२ बागेश्वरी मन्दिरको पूर्वी गेटबाट उक्त परिमाणको खैरो हेरोइनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

लागुऔषध ब्यूरोको टोलए पक्राउ परेका आरिफ र बरामद गरिएको खैरो हेरोइनलाई आबश्यक कारबाही तथा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाएको बाँके प्रहरीले जनाएको छ।

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  ०७:२७
प्रतिक्रिया दिनुहोस्