बाँके ट्राफिक प्रहरीको दुर्घटना न्यूनीकरण अभियान.......

शनिबार, असार १४, २०८२
honor mob  winter sales

बाँके  । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले दुर्घटना न्यूनीकरणका लागि सचेतना कार्यक्रमलाई निरन्तरता दिदै आएको छ। 

Honor x7 pad

बाँके ट्राफिक प्रहरी कार्यालय तथा मातहत पोष्टहरुले महेन्द्र राजामर्ग ,हुलाकी राजमार्ग ,रत्न राजमार्ग ,भित्री सडक खण्ड,  विभिन्न विद्यालयहरु लगायतका स्थानहरुमा आज बिहानैदेखि ट्राफिक सचेतना दिने कार्यको सुरुवात गरेको हो।

ट्राफिक प्रहरीले सवारी चालक, सहचालक, सवारी धनी ,साइकलयात्री ,सर्वसाधारण, विद्यालयका शिक्षक र विद्यार्थी , सडक प्रयोग कर्ता, यात्रीहरुलाई सवारी दुर्घटनाका मुख्य कारण तथा सवारी दुर्घटना बाट बच्ने  उपायका बारेमा सचेतना दिइरजेको बाँके ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।

ट्राफिक प्रहरीले विशेष गरेर ट्राफिक नियम ,लेन अनुशासन ,ओभेरटेक गर्ने तरिका , सडक प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा,सवारी दुर्घटनाबाट बच्नेका उपाय बारेमा ट्राफिक सचेतना दिइरहेको जनाएको छ।

प्रकाशित मिति: शनिबार, असार १४, २०८२  ०९:२५
प्रतिक्रिया दिनुहोस्