बलात्कारको आरोपमा वाइसिएल नेता खत्री पक्राउ

शुक्रबार, असार १३, २०८२
honor mob  winter sales

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट योङ्ग कम्युनिष्ट लिग (वाइसियल) का एक नेता बलात्कार मुद्दामा पक्राउ परेका छन् ।

Honor x7 pad

वाइसियलका कर्णाली प्रदेश कमिटी सदस्य ३० बर्षीय रेशम खत्रीलाई रुकुम पश्चिम प्रहरीले सानोभेरी गाउँपालिकास्थित एक होटेलबाट पक्राउ गरेको हो। सानीभेरी-२ का खत्रीका बिरुद्ध दुई महिना पहिलै जाजरकोटी एक जना १७ बर्षीया किशोरीले बलात्कार मुद्दा दिएकी थिइन । उनलाई गए राति प्रहरीले पक्राउ गरेको हो।

वाइसियलका कर्णाली प्रदेश कमिटी सदस्य ३० बर्षीय रेशम खत्री बिहीबार राति रुकुम पश्चिम प्रहरीले सानीभेरी गाउँपालिकास्थित एक होटेलबाट पक्राउ परेका हुन ।

सानेभेरी – २ का खत्रीका बिरुद्ध दुई महिना पहिलै जाजरकोटी एक जना १७ बर्षीया किशोरीले बलात्कार मुद्दा दिएकी थिइन । वाइसियल रुकुम पश्चिमको चौरजहारीका इन्चार्ज समेत रहेका रेशम त्यसपछि फरार भएका थिए । पछिल्लो समय उनी आफ्नै ठाउँमा आएको गोप्य सूचनको आधारमा एक होटेलमा बसेको खुलेपछि होटेलबाटै उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी प्रेमश बिष्टले बताए।

प्रहरीका अनुसार २०७९ चैतमा चौरजहारीको एक होटेलमा पुर्‍याएर रेशमले आँफुलाई बलात्कार गरेको कुरा पीडितले जोहरीमा उल्लेख गरेकी छन् ।

त्यो बलात्कार पछि गर्भ रहन गइ उनले छोरीलाई समेत जन्म दिइसकेकी छन् । यो बीचमा रेशमले आँफुलाई जाहेरी नदिन मानसिक रुपमा दबाब दिने गरेको पीडितले बताएकी छन् ।

गएराति पक्राउ परेका रमेशलाई प्रहरीले आज अदालतबाट म्याद थप गरेको जानकारी दिएको छ । म्याद थप गर्दै प्रहरीले  बलात्कार मुद्दामा अनुसन्धान अगाडि बढाउने जानकारी दिएको छ।

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  १५:०५
प्रतिक्रिया दिनुहोस्