लागुऔषधसहित नेपालगन्ज र कोहलपुरबाट दुई युवक पक्राउ

शनिबार, असार ७, २०८२
honor mob  winter sales

बाँके। कोहलपुरबाट प्रहरीले ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ। 

Honor x7 pad

इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले कोहलपुर नगरपालिका-२ विकासनगरबाट ७० मिलिग्राम ब्राउन सुगरसहित सोही स्थानकै २३ वर्षीय डिल बहादुर पुन मगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

त्यसैगरी प्रहरीले नेपालगन्ज  उप-महानगरपालिका-१५ स्थित  जमुनाह नाकामा प्रतिवन्धित औषधिसहित एक युवकलाई पक्राउ गरेको छ।

आज जमुनहा नाकाबाट चेकजाँच का क्रममा जुम्लाको चन्दननाथ नगरपालिका-१० का हृदेश खत्रीलाई १ सय ९६ पत्ता ट्रामाडोल (१९ सय ६० क्याप्सुल) सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ। 

शुक्रवार साँझ पक्राउ परेका पुन मगरलाई हिरासतमा लिएर लागुऔषध कसुरमा इलाका प्रहरी कार्यालय कोहलपुरले र आज पक्राउ परेका खत्रीलाई जिल्ला प्रहरी कार्यालय बाँकेले थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: शनिबार, असार ७, २०८२  १८:५४
प्रतिक्रिया दिनुहोस्