सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगन्ज । स्वास्थ्य क्षेत्रको लागि सामाजिक जवाफदेहिता परीक्षण सम्बन्धि क्षमता विकास अभिमुखीकरण सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा नेपालगन्जमा आयोजनामा भएको अभिमुखीकरणमा बाँकेका स्थानीय तहका स्वास्थ्य शाखाका प्रमुखहरु, स्वास्थ्यकर्मी र स्वास्थ्यका क्षेत्रमा काम गर्ने संघसंस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका सचिब दुर्गालक्ष्मी श्रेष्ठले स्वास्थ्य संस्थाहरुमा जवाफदेही कायम गर्न सामाजिक जवाफदेहिता परीक्षण जरुरी रहेको बताइन् । उनले सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि क्षमता अभिवृद्धि गर्नु अपरिहार्य रहेको बताइन् ।
स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख नरेशबाबु श्रेष्ठले स्वास्थ्य क्षेत्रमा सुशासन कायम गर्न स्थानीय तहका स्वास्थ्य शाखाका प्रमुखहरु, स्वास्थ्यकर्मी र स्वास्थ्यका क्षेत्रमा काम गर्ने संघसंस्थाका पदाधिकारीहरुलाई सामाजिक जवाफदेहिता परीक्षण सम्बन्धि क्षमता विकास अभिमुखीकरण गराइएको बताए ।