नेपालगन्जबाट १०६ ग्राम बढी ब्राउन सुगरसहित एक युवक पक्राउ

सोमबार, असार २, २०८२
Honor 600 pro

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले १०६ ग्राम बढी ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्ज उपमहानगरपालिका-१ प्रगति टोलका २९ वर्षीय चुनचुन पासीलाई १०६ ग्राम ९८० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो।

सोही स्थानमै हिडिरहेका पासीलाई शंका लागेर चेकजाँच गर्ने क्रममा प्रहरीले उक्त परिमाणको ब्राउन सुगर फेला पारेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

आइतबार साँझ पक्राउ परेका पासीलाई हिरासतमा लिएर लागुऔषध कसुरमा थप अनुसन्धान अगाडि बढाइएको बाँके प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: सोमबार, असार २, २०८२  ११:४१
प्रतिक्रिया दिनुहोस्