सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । प्रहरीले खैरो हेरोइनसहित ६ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवानसहित ६ जनालाई खैरो हेरोइनसहित पक्राउ गरिएको हो।
प्रहरीले खैरो हेरोइनसहित कैलालीको गोदावरी नगरपालिका-९ का प्रहरी जवान चिरञ्जीवी बिसीलाई पक्राउ गरेको हो। प्रहरीले जवान बिसीको साथबाट ३८० मिलिग्राम खैरो हेरोइन बरामद गरेको जानकारी दिएको छ।
यसैगरी प्रहरीले गोदावरी नगरपालिका-५ गेटाबाट २० वर्षीय कमल रिजाललाई ५ ग्राम १ सय ८० मिलिग्राम खैरो हेरोइनसहित नियन्त्रणमा लिएको हो। घोडाघोडी नगरपालिकाको सुखडबाट लागुऔषधसहित थप ५ जनालाई पक्राउ गरिएको कैलाली प्रहरीले जानकारी दिएको छ । गएराति करिब साढे १० बजेको समयमा विशेष सूचनाका आधारमा घोडाघोडी नगरपालिका-१ को सुखडबाट उनीहरुलाई पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा घोडाघोडी-१ कै लक्ष्मीपुर बस्ने २० वर्षीय उमेश नाथ योगी, १९ वर्षीय विनोद मिजार, १९ वर्षकै दिनेशबहादुर बिष्ट र दुई जना १८ वर्षीय किशोर रहेका छन् । प्रहरीले उनीहरुको साथबाट २१ ग्राम ८२० मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरेको हो।