आजबाट सुन प्रकरणको अनुसन्धानमा जुट्यो सीआईबी

सोमबार, साउन २२, २०८०
honor mob  winter sales

काठमाडौं । आजबाट १ क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गर्दैछ।  सीआईबीले  पक्राउ परेका आरोपीमाथि आजबाट थप अनुसन्धान सुरु गरेको छ । 

Honor x7 pad

आइतबार साँझ १७ जना आरोपीहरूलाई  राजस्व अनुसन्धान विभागबाट सीआईबीको हिरासतमा ल्याइएको छ । १८ दिनपछि विभागले हिजो  अनुसन्धानका प्रमाण र आरोपीहरूलाई प्रहरीको जिम्मा लगाएको हो । 

विभागले यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट ‘ब्रेक शु’मा हालेर ल्याइएको अन्दाजी  सय किलो सुन बरामद गरेको थियो ।

उक्त सुन अहिले परिमाण यकिन गर्न नेपाल राष्ट्र बैङ्कको टक्सार महाशाखामा राखिएको छ । अहिलेसम्म उक्त घटनामा संलग्न रहेको आरोप १८ जना पक्राउ परेकामा बिरामीका कारण एक जनालाई तारिखमा छाडिए पनि १७ हिरासतमा छन् । 

आजबाट सीआईबी अध्ययन र अनुसन्धान थाल्ने नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले बताए ।  “आइतबार साँझ आरोपीसहित मिसिलहरू आइपुगेको छ, अब सोमबारबाट अनुसन्धान अधिकृत तोकेर मिसिलको अध्ययन तथा थप अनुसन्धान अघि बढ्छ”, उनले भने।

विभागबाट अनुसन्ध गराएको भन्दै आलोचना भएसँगै  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई दिन आफू मातहतको विभागलाई निर्देशन दिएका थिए  । 

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  ०९:०८
प्रतिक्रिया दिनुहोस्