नेपालगञ्जबाट १०३ ग्राम बढी खैरो हेरोइनसहित दुई जना पक्राउ

बुधबार, जेठ २१, २०८२
honor mob  winter sales

नेपालगञ्ज । नेपालगञ्जमा खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १४ उदयपुरुवाका ५८ बर्षीय सुरत खटिक र सोही ठाउँका १८ बर्षीय सुनिल खटिक आज दिउँसो १०३ ग्राम ९०० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका हुन् ।

Honor x7 pad

जिल्ला प्रहरी बाँकेका  अनुसार दुबै जनालाई विशेष सुराकीको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जबाट  फेला पारी कानुन बमोजिम खानतलासी गर्दा सुनिलले लगाएको कालो जिन्स पाइन्टको दाहिने खल्तीभित्र लुकाई राखेको अवस्थामा उक्त खैरो हेरोइन भेटिएको हो । उनीहरुबाट एक थान मोबाइल समेत बरामद गरिएको छ ।

लागुऔषध नियन्त्रण ब्यूरो नेपालगञ्जको टोलीले दुई जनालाई नियन्त्रणमा लिएको हो । प्रहरी सहायक निरीक्षक नविन कुमार शाहीको कामाण्डमा टोली खटिएको थियो । उनीहलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको छ । 

लागुऔषध नियन्त्रण ब्यूरो नेपालगञ्जमा प्रहरी सहायक निरीक्षक शाही आएदेखि लागुऔषध कारोबारीहरुलाई विशेष निगरानी राख्दै धमाधम लागुऔषधसहित कारोबारीलाई पक्राउ गर्दै अएका छन् ।

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  २०:०९
प्रतिक्रिया दिनुहोस्