सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
बर्दिया । कर्तव्य ज्यान मुद्दाका प्रतिवादीलाई बर्दिया प्रहरीले १५ वर्षपछि पक्राउ गर्न सफल भएको छ।
वि.सं. २०६७ फागुन ४ गतेको कुटपिटपछिको मृत्यु घटनाका फरार प्रतिवादी ३६ वर्षीय जगतराम थारुलाई जिल्ला प्रहरी कार्यालय बर्दिया र इलाका प्रहरी कार्यालय मैनापोखरको टोलीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय बर्दियाका बढैयाताल गाउँपालिका-९ का जगतरामले २०६७ फागुन ४ गते सोही स्थानका २७ वर्षीय तिल्कु थारुलाई कुटपिट गर्दै गम्भीर घाइते बनाएका थिए।
कुटपिटबाट गम्भीर घाइते भएका तिल्कुको उपचारका क्रममा मृत्यु भए पश्चात् फरार रहेका जगतरामलाई सोमबार अपराह्नमा गेरुवा गाउँपालिका-५ पशुपतिनगरमा आएर लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
लामो समयदेखि खोजी सूचीमा रहेका जगतराम पक्राउ गर्दै बर्दिया जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर कर्तव्य ज्यान मुद्दा कसुरमा थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।