नेपालगन्जको जमुनहाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ

आइतबार, जेठ १८, २०८२
Honor 600 pro

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट भारतबाट ल्याइदै गरेको ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार  शनिबार साँझ नेपालगन्ज उपमहानगरपालिका-१५ जमुनहाबाट प्रहरीले ८ सय मिलिग्राम ब्राउन सुगरसहित कोहलपुर-५ एन.सि.सी. चोकका २५ वर्षीय सुरेश मल्ललाई पक्राउ गरेको हो।

भारतको रुपइडिहाबाट ब्राउन सुगर लिएर आउने क्रममा मल्ललाई पक्राउ गरेर थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  १२:१७
प्रतिक्रिया दिनुहोस्