कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

आइतबार, जेठ १८, २०८२
Honor 600 pro

रुपन्देही । बैंकको अर्बौं रुपैयाँ हिनामिना गरेर फरार रहेका कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष तथा पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेन्द्र वीर रायलाई प्रहरीके पक्राउ गरेको छ।

कर्णाली डेभलपमेन्ट बैंकको २ अर्ब ५० करोड रुपैयाँ भन्दा बढी रकम हिनामिना गरी फरार भएका सीईओ रायलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले शनिबार रुपन्देहीको बेलहियाबाट पक्राउ गरेको हो।

कर्णाली डेभलपमेन्ट बैंकको सीईओ रहेका ६५ वर्षीय राय सल्यानका स्थायीवासी हुन् ।

पक्राउ परेका रायविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा नेपाल राष्ट्र बैंकको समन्वयमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले  जानकारी दिएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  १०:४५
प्रतिक्रिया दिनुहोस्