आलोचना भएपछि अख्तियारका डीआईजी हिमालय श्रेष्ठको सरुवा रोकियो

शनिबार, जेठ १७, २०८२
honor mob  winter sales

काठमाडौं । निकै आलोचना भएपछि नेपाल प्रहरीका डीआईजी हिमालय कुमार श्रेष्ठको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमै थमौती भएको छ। अवधि नपुगेर गरिएको श्रेष्ठको सरुवालाई अख्तियारले नै विरोध जनाएपछि गृह मन्त्रालयले सरुवा रोकेको हो।

Honor x7 pad

जेठ १३ गते डीआईजी बढुवा भएका ओमबहादुर रानालाई शुक्रबार दिउँसो  अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदस्थापन गरेर श्रेष्ठलाई उपत्यका प्रहरी कार्यालय काठमाडौंमा सरुवा गरिएको थियो। तर अवधि नपुगेर श्रेष्ठको उपत्यका प्रहरी कार्यालयमा सरुवा गरिएको भन्दै आलोचना हुँदा पुनः रानालाई उपत्यका प्रहरी कार्यालयमा पदस्थापन गरिएको हो।

विगत ६ महिनादेखि डीआईजी श्रेष्ठ अख्तियारमै कार्यरत छन् ।यससँगै हिमालय कुमार श्रेष्ठलाई रानीपोखरीमा सरुवा गरेपछि भिटिज भिसा प्रकरणमा अनुसन्धान गरिरहेको अवस्थामा सरुवा गरिएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको थियो । 

आलोचना बढेपछि शुक्रबार राति  गृहमन्त्री रमेश लेखकले पुनः अर्को निर्णय गर्दै डीआईजी श्रेष्ठलाई अख्तियारमै थमौती गरेर रानालाई उपत्यका प्रहरी कार्यालय काठमाडौंमा पदस्थापन गरेका हुन् ।

प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२  ०९:०५
प्रतिक्रिया दिनुहोस्