नेपालगन्जको सीमा नाका नजिकबाट ५ लाख भारुसहित दुई जना पक्राउ

शुक्रबार, जेठ १६, २०८२
honor mob  winter sales

नेपालगन्ज । नेपालगन्जको सीमा नाका नजिकबाट बाँके प्रहरीले अवैध भारतीय ५ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।

Honor x7 pad

भारतको रुपइडिहाबाट नेपाल आउँदै गरेको अवस्थामा ५ लाख रुपैयाँ भारुसहित भारतको लखनउका ४० वर्षीय निरज चौरसीय र दाङको पुरन्धाराकी  २६ वर्षीया साइना नेपालीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी दिपक पातलीका अनुसार जेठ १४ गते युपी ३२ एलबी ६३८९ नम्बरको सुजुकी कारमा रुपइडिहाबाट आउँदै गरेको अवस्थामा नेपालगन्ज-१६ जयसपुरबाट ५ सय दरका ६ सय थान नोट र १ हजार थान २ सय रुपैयाँका नोट बरामद गरेको हो।

बरामद गरिएको भारतीय ५ लाख रुपैयाँ र नियन्त्रणमा लिइएको कारसहित निरज र साइनालाई आबश्यक कारबाही तथा अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर पठाइएको डीएसपी पातलीले बताए।

 

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  १२:३३
प्रतिक्रिया दिनुहोस्