बुटवलमा आमा र दुई छोरीको हत्या, पूर्व श्रीमान् पक्राउ

बुधबार, जेठ १४, २०८२
honor mob  winter sales

बुटवल । रुपन्देहीको बुटवलमा आमा र दुई छोरीको बीभत्स हत्या भएको छ। बुटवल उपमहानगरपालिका -११ होराइजन चोक नजिक २७ वर्षीया महिला दीपा बस्याल र उनका दुई छोरीको हत्या भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ। 

Honor x7 pad

प्रहरीका अनुसार घटनास्थलको प्रकृति हेर्दा २७ वर्षीया आमा र ४ र ७ वर्षका ती बालिकाको घाँटी अँठ्याएर हत्या गरिएको देखिएको छ। 

प्रहरीले घटनामा संलग्न रहेका दीपाका पूर्वपति ३२ वर्षीय सुजन कोइरालालाई नियन्त्रणमा लिएको जानकारी दिएको छ।

प्रहरीका अनुसार  सम्बन्ध विच्छेदपछि अर्कैसँग विवाह गरेर गएकी दीपालाई उनका पूर्व श्रीमान सुजन कोइरालाले आफ्नै घरमा बोलाएर आज बिहान ४ बजेतिर हत्या गरेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले जानकारी दिएका छन् ।

रुपन्देही  प्रहरीका अनुसार हत्या गर्ने अभियुक्त सुजनले आफ्नै दाजुको हत्या गरेर जेल बसी केही वर्ष अघि संविधान दिवसको दिन आम माफी पाएर छुटेका थिए ।   प्रहरीले  नियन्त्रणमा लिइएका सुजनसँग थप अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  १०:०६
प्रतिक्रिया दिनुहोस्