भारतको श्रावस्ती दुर्घटनामा ६ जना नेपालीको निधनप्रति कांग्रेसद्वारा शोक व्यक्त

आइतबार, साउन २१, २०८०
Honor 600 pro

बाँके ।  भारतको श्रावस्ती जिल्लामा सवारी दुर्घटनामा परी नेपालगञ्जका दुई परिवारका ६ जनाको दुःखद् निधन भएको घटनाप्रति  नेपाली कांग्रैस बाँकेले स्तब्ध बनाएको जनाएको छ ।

सभापति नारायणप्रसाद गौडेलले आज एक शोक बक्तब्य निकालेर भारतको बलरामपुरबाट नेपालगञ्ज आउँदै गरेको कार शनिबार साँझ श्रावस्ती जिल्लाको इकौना नजिक भएको दुर्घटनामा नेपालगञ्ज त्रिभुवन चोकका प्रतिष्ठित व्यवसायी एस कुमार वाच कम्पनीका सञ्चालक सन्तोष गुप्ताका छोरा निलान्स गुप्ता र छोरी सुनीति गुप्ता तथा हरि ओम मेडिकल स्टोरका संचालक दिनेश गुप्ताका छोरा बैभव गुप्ता, बुहारी दिपिका गुप्ता, नातिनीहरु डल्लु गुप्ता र श्रेया गुप्ताको असामयिक निधनले मर्माहत बनाएको उल्लेख गरेका छन् । 

शोक बक्तब्यमार्फत दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ । साथै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको छ । 

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १९:१२
प्रतिक्रिया दिनुहोस्