राप्ती प्रादेशिक अस्पतालका नवनियुक्त अध्यक्ष लामिछानेद्वारा पदभार ग्रहण

मंगलबार, जेठ १३, २०८२

तुलसीपुर राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका नव नियुक्त अस्पताल बिकास समितिका अध्यक्ष महेन्द्र लामिछानेले बुधबार पदभार ग्रहण  गरेका छन्।

लुम्बिनी प्रदेश सरकारले बैशाख ७ गते लामिछानेलाई अस्पताल बिसका समितिको अध्यक्षमा नियुक्त गरेको थियो ।

लमिछानको पदभार ग्रहण कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रशाद लम्साल, तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्का, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पदम शर्मा, तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिनिल केसी लगाएको उपस्थिति थियो ।

पदभार ग्रहणपछि सम्बोधन गर्दै नवनियुक्त अध्यक्ष लामिछानेले आँफु अध्यक्ष भएपछि बिभिन्न ब्यक्ति र सर्वसाधारणले अस्पताल सुधारका लागि बिभिन्न सुझावहरु दिएको बताए। सामान्ने लाग्ने ती कुराहरु सुधार गर्नका लागि आँफुले सबै सरोकारसंग बसेर छलफल गरि प्राप्त सुझाव कार्यान्वयनमा लैजान प्रयास गर्ने बताएका थिए ।

अस्पतालाई अस्पताल जस्तो बनाउनका लागि एक आपसमा सहयोग र हातेमालो आवश्यक रहेको भन्दै नव नियुक्त अध्यक्ष लामिछानेले साझा सम्पत्ति अस्पतालको बिकासमा सबैबाट सहयोग मिल्ने आशा ब्यक्त गरे ।

बिगतमा तुलसीपुरमा राप्ती अस्पताल स्थापनार्थ लगाइएको महायज्ञको प्रचार प्रशार समितिका संयोजक लामिछानेले आँफु सामाजिक क्षेत्रबाट आएको स्मरण गर्दै अहिले पनि त्यस्तै सामाजिक क्षेत्रमा आइ पुगेको हुँदा अस्पतालको बिकास र सुधारका लागि आँफुले सबैका जायक कुराहरु आत्मसाथ गरि अगाडि बढ्ने प्रण गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीले तुलसीपुरको बिकासको आधार मानिएको अस्पतालको बिकासका लागि निजी क्षेत्र जहिलै आफ्नो तर्फबाट सहयोगका लागि तयार रहने बताए ।

‘ निजी क्षेत्र अस्पतालको बिकासको लागि जुन बेला जहाँ नेर आवश्यक पछ त्यो बेला तयार हुने छ ,’ अध्यक्ष केसीले भने ।
अस्पतालको सिटी स्क्यान मेसिन बिग्रिएको लामो समय भइ सकेको भएपनि त्यो मर्मत हुन नसकेको हुँदा अव तत्काल नयाँ ल्याएर भएपनि सर्वसाधारणलाई आवश्यक सेवा दिनु सक्नु पर्ने बताए । त्यस्तै अस्पतालका मेसु पदम शर्माले सबैले मिलेर काम गरे अस्पतालको थप बिकास संभव हुने बताए ।

कार्यरत कर्मचारी, डाक्टर, नर्सदेखि , बिकास समितिका पदाधिकारी सबैले मिलेर काम गरे अस्पतालको सेवा सुविधा थप सुधार गर्न संभव हुने उनले बताएका थिए ।

नव नियुक्त अध्यक्ष लामिछानेलाई बक्ताहरुका साथै बिभिन्न क्षेत्रका शुभचिन्तकहरु पुगेर सफल कार्यकालको शुभकामना दिएका थिए ।

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  १८:१३
प्रतिक्रिया दिनुहोस्