नेपालगन्जबाट साढे ३१ लाख जरिवाना र कैद सजाय पाएकी महिला फरार प्रतिवादी पक्राउ

सोमबार, जेठ १२, २०८२
Honor 600 pro

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट साढे ३१ लाख रुपैयाँ जरिवाना र कैद सजाय पाएकी बैंकिङ कसुरकी एक महिला फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका-१ वाटरपार्ककी ४२ वर्षीया शान्ति तामाङ रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

बाँके जिल्ला अदालतले २०८१ पुस १७ गते फैसला गर्दै  शान्तिलाई बैंकिङ कसुर मुद्दामा साढे ३१ लाख रुपैयाँ जरिवाना र १५ दिन कैद सजाय सुनाएको जिल्ला प्रहरीले कार्यालय बाँकेले जानकारी दिएको छ।

फैसला पश्चात् फरार रहदै आएकी शान्तिलाई आज साँझ साढे ७ बजे घरमा आएको अवस्थामा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले पक्राउ गरेको हो।

पक्राउ परेकी शान्तिलाई भोलि नै आबश्यक कारबाहीका लागि बाँके जिल्ला अदालत पेश गरिने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  २१:०७
प्रतिक्रिया दिनुहोस्