बर्दियाबाट लागुऔषधसहित ४ जना प्रहरीको नियन्त्रणमा

बिहीबार, जेठ ८, २०८२
honor mob  winter sales

बर्दिया । बर्दियाको बढैयातालबाट प्रहरीले लागुऔषधसहित ४ जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी जमुनीबाट खटिएको टोलीले लागुऔषधसहित ४ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।

Honor x7 pad

शुक्रबार दिउँसो इलाका प्रहरी कार्यालय मैनापोखरबाट सहायक हवल्दार भगत नारायण चौधरीको कमान्डमा खटिएको टोलीले बढैयाताल गाउँपालिका-३ तमौलीपुरबाट ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको हो।

भारतको बलईगाँउ हुँदै मोटरसाइकलमा  नेपाल आएका बाँकेको खजुरा गाउँपालिका-६ सिमलघारीका २५ वर्षीय दिपक सिजाली मगर,सोही स्थानकै २४ वर्षीय महेश राम घिमिरे र अछामस्थित कमलबजार नगरपालिका-५ कुइँका घर भएका २३ वर्षीय दिक्षित तिमिल्सिनालाई ८ सय ७० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको बर्दिया प्रहरीले जानकारी दिएको छ।

भारतबाट आउने क्रममा भे१२प नम्बरको मोटरसाइकल सवार उनीहरुमध्ये दिपक र महेशको साथबाट ब्राउन सुगर बरामद हुँदा दिक्षितले मोटरसाइकल चलाएको मैनापोखर प्रहरीले जनाएको छ। पक्राउ परेका तीनैजना विरुद्ध बर्दिया जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर लागुऔषध कसुरमा अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।

त्यसैगरी प्रहरी बढैयाताल गाउँपालिका-२ फुटाहास्थित चौकी जमुनीबाट प्रहरी नायब निरीक्षक ओम प्रकाश खत्रीको कमान्डमा गएको टोलीले शुक्रबार साँझ खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार भारतबाट नेपाल आउँदै गरेको अवस्थामा चेकजाँच गर्ने क्रममा नायब निरीक्षक खत्रीको टोलीले बैजनाथ गाँउपालिका-२ मकैबारी बस्ने २० वर्षीय पुरण थापालाई  ७ सय मिलिग्राम  खैरो हेरोइनसहित पक्राउ गरेको हो।

खैरो हेरोइनसहित पक्राउ परेका पुरणलाई आबश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय मैनापोखर पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  ०८:२०
प्रतिक्रिया दिनुहोस्