३६ सय बढी सवारीसाधन प्युठान ट्राफिक प्रहरीको कारबाहीमा

बुधबार, जेठ ७, २०८२
honor mob  winter sales

प्युठान । जिल्ला ट्राफिक प्रहरी कार्यालय प्युठानले पछिल्लो ४ महिनामा नियम विपरीत चलाइएका सवारीसाधनलाई कारबाही गर्दै साढे २१ लाख रुपैयाँ बढी राजस्व संकलन गरेको छ।

Honor x7 pad

प्रहरी नायब निरीक्षक सम्भु धितालले प्युठान ट्राफिक प्रहरी इन्चार्जको जिम्मेवारी सम्हालेयता ट्राफिक कारबाहीबाट राजस्व संकलनमा ह्वात्तै वृद्धि भएको हो। पछिल्लो ४ महिनामा धितालको कमाण्ड रहेको प्युठान ट्राफिक प्रहरीले २१ लाख ५५ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको हो। यसअघिको अघिल्लो ४ महिनाम १५ लाख ५२ हजार ५ सय रुपैयाँ राजस्व संकलन हुँदा अहिले आएर ६ लाख ३ हजार रुपैयाँले राजस्व संकलनमा वृद्धि भएको प्रहरी नायब निरीक्षक धितालले बताए ।

त्यसैगरी २०८१-०८२ को बैशाख मसान्तसम्ममा प्युठान ट्राफिक प्रहरीले नियमविपरीत चलेका ३६ सय ३४ सवारीसाधनलाई कारबाही गरेको छ। उक्त अवधिमा भएका ५२ सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको प्रहरी नायब निरीक्षक धितालले जानकारी दिएका छन् । मृतकहरुमा ७ जना पुरुष ,एक महिला र एक जना बालिका रहेको धितालले बताए।

प्रहरी नायब निरीक्षक धितालका अनुसार जिल्लाभर ८ सय १९ पटक दिइएको सचेतनामूलक कार्यक्रमतर्फ २१ हजार १२४ जना प्रत्यक्ष लाभान्वित भएका थिए।

प्युठानमा धेरैजसो दुर्घटना हुने स्थल र अन्य स्थानमा समेत चालक,सहचालक, स्थानीय तथा यात्रुलाई दुर्घटना न्यूनीकरणका बारेमा सचेतना दिदै आइरहेको धितालले बताए । उनका अनुसार विद्यालयमा समेत विद्यार्थी तथा शिक्षकहरुलाई दुर्घटनाबाट बच्न प्रशिक्षण दिदै आइरहेको प्रहरी नायब निरीक्षक धितालले जानकारी दिएका छन्।

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  ११:४६
प्रतिक्रिया दिनुहोस्