दाङमा ७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ७५ वर्षीय बुढाथोकी पक्राउ

आइतबार, जेठ ४, २०८२
Honor 600 pro

दाङ। दाङको तुलसीपुर उपमहानगरपालिकामा  ७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ७५ वर्षीय वृद्धलाई पक्राउ गरेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार  तुलसीपुर उपमहानगरपालिका-१७ बनकट्टा बस्ने ७५  वर्षीय गिरीराज बुढाथोकीलाई ७ वर्षीया बालिकालाई पक्राउ गरेको हो ।

बुढाथोकीले ती बालिकालाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुर र प्रहरी चौकी बिजौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

पक्राउ परेका बुढाथोकीविरुद्ध इलाका प्रहरी कार्यालय तुलसीपुरले दाङ जिल्ला अदालतबाट माद थप गरी बलात्कार कसुरमा थप अनुसन्धान अगाडि बढाएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  १६:४०
प्रतिक्रिया दिनुहोस्