नेपालगन्जमा बेवारिसे अवस्थामा रहेको स्कुटरलाई हकदाबी गर्न आउँन प्रहरीको आग्रह

शनिबार, जेठ ३, २०८२
Honor 600 pro

नेपालगन्ज । नेपालगन्जमा बेवारिसे अवस्थामा फेला परेको स्कुटरलाई जिल्ला प्रहरी कार्यालय बाँकेले फेला पारेको छ। 

आज बिहान नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ स्थित भेरी कोल्ड स्टोर नजिकै बेवारिसे अवस्थामा रहेको भे १२ प ९०८२ नम्बरको स्कुटर फेला पारेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

होण्डा डिओ कम्पनीको निलो सेतो रङ्गको स्कुटर फेला पारिएको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेले यदि कसैको भए हददाबी गर्न आग्रह गरेको छ।  

स्कुटरका लागि हक दाबी पुग्ने कागजात लिएर जिल्ला प्रहरी कार्यालय बाँकेमा आएर सम्पर्क गर्न जिल्ला प्रहरी कार्यालय बाँकेले सम्बन्धित सबैमा आग्रह गरेको छ।

प्रकाशित मिति: शनिबार, जेठ ३, २०८२  ०९:५९
प्रतिक्रिया दिनुहोस्