१ सय ग्राम ब्राउन सुगरसहित दुई भारतीय र एक नेपाली प्रहरीको नियन्त्रणमा

बिहीबार, जेठ १, २०८२
honor mob  winter sales

काठमाडौं । प्रहरीले ठुलो परिमाणमा ल्याइएको लागुऔषधसहित  दुई भारतीय नागरिकसहित तीनजना पक्राउ गरेको छ।  

Honor x7 pad

झापाको गौरीगञ्जस्त्जित हुलाकी सडकखण्डमा महेन्द्र चौकबाट गौरीगञ्जतर्फ आउँदै गरेको बीआर ३७ एजे ९९५२ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट प्रहरी निरीक्षक भुवनबाबु खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक भारत किसनगंज जिल्ला खनियाबाद ७ फुलबरिया बस्ने १९ वर्षीय मोनाजिर आलमको साथबाट बरामद भएको मोबाइलमा भारतीय नम्वर ९१९०३१७३३५९६ को ह्वाट्सएपबाट संजय नाम सेभ गरेको ९८००८१०३०० ह्वाट्सएप नम्बरमा लागूऔषध ब्राउनसुगरको भिडियो पठाएको भेटिएको थियो ।

भिडियोमा भएको लागुऔषध कहाँ छ भनी सोधपुछ गर्दा भोला ठाकुरसँग रहेको र उक्त लागूऔषध संजय राईलाई दिनु भनी पठाएको आलमले जानकारी दिएका थिए । 

त्यसपश्चात् खोजतालास गर्ने क्रममा  गौरीगञ्ज चोक नजिकबाट भारत किसनगञ्ज जिल्ला खनियाबाद– ५ फत्तेपुर बस्ने ५८ वर्षीय भोला ठाकुरलाई फेला पारिएको थियो । खानतालसी गर्दा ठाकुरको कम्मरमुनि अगाडि जाङमा कालो र सेतो प्लाष्टिकमा पोको बनाई लुकाइराखेको अवस्थामा प्लाष्टिकसहित १०२.८१० ग्राम ब्राउनसुगर, नाइट्राजेपाम १०० वटा ट्याव्लेट र कोडिन फोस्फेट एण्ड ट्रिप्रोलिडाइन हाइड्रोक्लोराइड सिरप २ बोतल बरामद भएको थियो ।

त्यसपश्चात् संजय राई समेतलाई खोजतलास गर्ने क्रममा गौरीगञ्ज –३ तेलगानीमा ना १ च ९१६२ नं को कार रोकी कारभित्र बसेको अवस्थामा उनी फेला परेका थिए ।

दमक नगरपालिका वडा नं ५ बस्ने अन्दाजी ४१ वर्षीय संजय भन्ने भुपेन्द्र राईलाई फेला पारी शरीर तथा कार खानतालासी गर्दा उनको साथबाट नेपाली नगद रु। २ लाख ४३ हजार ५००, आईफोन मोबाइल २ थान, कारभित्र लागुऔषध नापतौल गर्न प्रयोग गर्ने डिजिटल तराजु फेला परेको थियो ।

नगद, मोबाइल, तराजु र उक्त कारसहित तीनैजनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय गौरीगञ्जमा राखिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका तीनै जनासँग लागुऔषध कसुरमा थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  १२:३३
प्रतिक्रिया दिनुहोस्