दाङमा श्रीमानको हत्या गर्ने श्रीमती पक्राउ

मंगलबार, वैशाख ३०, २०८२
honor mob  winter sales

दाङ। दाङमा आफ्नै श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

Honor x7 pad

जिल्लास्थित बंगलाचुली गाउँपालिका-७ हल्दीका ६५ वर्षीय श्रीमान् पुनाराम सुनारी मगरको हत्या गरेको आरोपमा  ५० वर्षीया संगीता सुनारी मगरलाई  प्रहरीले पक्राउ गरेको हो ।

संगीताले घरायसी विवादको क्रममा दाउराको चिर्पट प्रहार गर्दा पुनारामको घटनास्थलमै मृत्यु भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भालुबाङ र प्रहरी चौकी हासिँपुरबाट खटिएको प्रहरीले उनलाई सोमबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

प्रहरीले पक्राउ परेकी संगीतासँग थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको च। 

 

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  १४:३०
प्रतिक्रिया दिनुहोस्