पत्रकारहरुबाट आफूलाई सहयोग रहने डीएसपी खनालद्वारा विश्वास ब्यक्त

बुधबार, वैशाख २४, २०८२
honor mob  winter sales

कोहलपुर । इलाका प्रहरी कार्यालय कोहलपुर प्रमुख डीएसपी लक्ष्मी खनालले डीएसपी लक्ष्मी भन्छिन्-संगठनको सिस्टम अनुसार दायित्व कुशलतापूर्वक निर्वाह गर्छु  गर्ने बताएकी छिन् ।

Honor x7 pad

इलाका प्रहरी कार्यालय कोहलपुरमा आज आयोजित पत्रकारहरुसंग परिचयात्मक तथा अन्तरक्रियात्मक कार्यक्रममा एक साता अघि मात्र सरुवा भएर आएकी डिएसपी खनालले पत्रकारहरुसंग सहकार्य र हातेमालो गर्दै अघि बढ्ने बताएकी डीएसपी खनालले कानुन पालना गराएर शान्ति सुरक्षा कायम गर्ने, अपराध नियन्त्रण गर्ने तथा अमनचयन कायम गर्ने दिशामा दत्तचित्त भएर लाग्ने बताइन् । 

डीएसपी खनालले केन्द्रिय समाचार कक्षमा दुई बर्ष काम गरेको बताउँदै पत्रकारहरुसंग साथीत्वको भावनाबाट काम गर्ने प्रतिबद्धता जनाइन् । समाजमा प्रहरी र पत्रकारको लक्ष्य र उद्देश्य एउटै भएको बताउँदै उनले भूमिका मात्रै फरक रहेको उल्लेख गरिन् । खनालले पत्रकारको काम सुसूचित गर्ने र प्रहरीको काम कानुन पालना गराउने रहेको भन्दै भूमिका मात्रै फरक रहेको बताइन् । 

 खनालले पत्रकारहरुबाट आफूलाई सहयोग रहने विश्वास ब्यक्त गरिन् । उनले कोहलपुर क्षेत्रमा हुने लागूऔषध दुर्व्यसन, सडक दुर्घटना, साइवर क्राइम, घरेलु हिंसा लगायतका घटनाहरुको अध्ययन गरिरहेको जानकारी दिँदै समाजमा कसरी नागरिकमैत्री कार्यक्रम लिएर जान सकिन्छ भन्ने विषयमा योजना बनाएर अघि बढ्ने बताइन् । 

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले पत्रकाहरुको सूचनामा सहज पहुँच हुनुपर्ने र प्रहरी प्रशासन मिडियामैत्री बन्नुपर्नेमा जोड दिए । प्रहरी र मिडियाबीच आपसी विश्वास, सहकार्य र पारदर्शिता आवश्यक रहेको भन्दै गिरीले प्रशासकहरु मिडियामैत्री बन्नुपर्ने बताए । राम्रो कामको प्रशंसा हुने भन्दै उनले खराब हुँदा मिडियाले खबरदारी गरिरहने बताए । 'राम्रो काम हुँदा हामी प्रशंसा गर्छौं तर अति प्रंशसा गर्दैनौं, खराब भए निन्दा पनि गर्छौं तर अति निन्दा गर्दैनौं,' उनले भने । प्रशासकहरुमा दम्भ र इगो देखिए समस्या निम्तिने उनको भनाई छ । प्रहरी संगठन नागरिकको भरोसा बनिरहनुपर्नेमा उनको जोड छ । 'प्रहरी मेरो साथीु' 'मुस्कान सहितको सेवा' जस्ता नारालाई ब्यवहारमा लागू गर्न प्रहरी प्रतिबद्ध हुनुपर्ने गिरीले बताए ।  

कार्यक्रममा पत्रकारहरु विष्णु बेल्वासे, हेमन्त विक, प्रदिप वाग्ले, प्रियास्मृति ढकाल, प्रमोद रिजाल, पुष्पराज हमाल, कुशल दलामी, कपिल अञ्जान, रवि रोकाय लगायतले सुझाब दिँदै सहज, छिटोछरितो सूचना प्रवाहमा ध्यान दिन आग्रह गरेका थिए । कार्यक्रमको सञ्चालन प्रहरी निरीक्षक हरि भट्टराईले गरेका थिए ।

प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  १४:२७
प्रतिक्रिया दिनुहोस्