बैजनाथको पेडारीबाट ब्राउन सुगरसहित युवक कोहलपुर प्रहरीको नियन्त्रणमा

मंगलबार, वैशाख २३, २०८२
Honor 600 pro

बाँके। बाँके बैजनाथबाट ब्राउन सुगरसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका-७ पेडारीका ३३ वर्षीय युवक अभिषेक थारु रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

बाँके प्रहरीका अनुसार थारुलाई सोमबार राति बैजनाथ-७ पेडारीबाटै १ ग्राम ७ सय ५० मिलिग्राम ब्राउन सुगर र १५ सय रुपैयाँसहित इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको हो।

ब्राउन सुगरसहित पक्राउ परेका थारुसँग लागुऔषध कसुरमा इलाका प्रहरी कार्यालय कोहलपुरले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  १४:२४
प्रतिक्रिया दिनुहोस्