बर्दियाबाट साढे २१ किलो अफिमसहित दुई जना पक्राउ

सोमबार, वैशाख २२, २०८२
Honor 600 pro

बर्दिया।  बर्दियाको चेपाङबाट प्रहरीलेसाढे  २१ किलो अफिमसहित दुई जनालाई पक्राउ गरेको छ।

प्रहरी प्रधान कार्यालयल्र दिएको जानकारी अनुसार जिल्लास्थित बाँसगढी नगरपालिका-१ चेपाङ सडकबाट २१ किलो ५ सय ६३ ग्राम सहित प्रहरीले 

जाजरकोट नलगाड नगरपालिका-७ का ३७ वर्षीय भक्त बहादुर शाही र चितवनको राप्ती नगरपालिका-११ आरपानी गाउँका २७ वर्षीय कुमार तामाङलाई आइतबार राति पक्राउ गरेको हो।

शाही र तामाङलाई प्रहरी चौकी चेपाङबाट खटिएको टोलीले जाजरकोटबाट नेपालगन्जतर्फ लु८० प १४६७ नम्बरको मोटरसाइकलमा आउँदै गरेको  गरेको अवस्थामा पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

अफिमसहित पक्राउ परेका उनीहरुलाई लागुऔषध कसुरमा बर्दिया प्रहरीले थप अनुसन्धान अगाडि बढाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  १५:११
प्रतिक्रिया दिनुहोस्