श्रोत नखुलेको ९५ लाख नगदसहित चार जना पक्राउ

सोमबार, वैशाख २२, २०८२
honor mob  winter sales

काठमाडौँ । स्रोत नखुलेको ९५ लाख रुपैयाँ बढी नगदसहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।

Honor x7 pad

 पक्राउ पर्नेहरुमा काठमाडौँको तार्केश्वर नगरपालिका–३ फेदीका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरी, सप्तकोशी नगरपालिका–१ का ४३ वर्षीय गणेश राई, लमजुङ, दोदी गाउँपालिका–३ का ३१ वर्षीय सन्तोष गुरुङ तथा सोही ठाउँका ३९ वर्षीय सन्तोष घिमिरे रहेका जिल्ला प्रहरी परिसर काठमाडौएले जानकारी दिएको छ ।

,काठमाडौँ महानगरपालिका–९ पिङ्गलास्थान स्थित पशुपति भिजन अगाडी सडकमा  दुई वटा मोटरसाइकलमा शङ्कास्पद अवस्थामा सवार उनीहरुको साथमा रहेको झोला खानतलासी गर्दा ९५ लाख १७ हजार ५ सय रुपैयाँ नगद  सहितउनीहरुलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरीले जनाएको छ। 

 स्रोत खुल्न नसकेको उक्त रकम सहित पक्राउ परेका ४ जानमाथि थप आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  १४:१०
प्रतिक्रिया दिनुहोस्