प्रहरीका ७ डीआईजीको सरुवा (कसको सरुवा कहाँ )

आइतबार, वैशाख २१, २०८२

काठमाडौं । नेपाल प्रहरीका  ७ जना डीआईजीहरुको सरुवा भएको छ । गृह मन्त्रालय रिक्त रहेका प्रदेश र एक ब्यूरोमा डीआईजीहरुको सरुवा गरेको हो। 

कोशी प्रदेश प्रहरी कार्यालयमा डीआईजी ईश्वर कार्कीको सरुवा भएको छ। मधेस प्रदेशमा उमा प्रसाद चतुर्वेदी  , बागमतीमा अरुण पौडेल     , गण्डकीमा  दिनेश कुमार आचार्य    , लुम्बिनीमा   राजेन्द्र प्रसाद भट्ट    , डम्बरबहादुर बिकको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको प्रमुखमा   गृह मन्त्रालयले  सरुवा   गरेको हो।

त्यसैगरी डीआईजी गोबिन्द थपलियाको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा सरुवा  भएको छ।

यसअघि कोशीका राजन अधिकारी, मधेसका लालमणि आचार्य, बागमतीका कृष्णहरी शर्मा पोखरेल, लुम्बिनीका दानबहादुर कार्की एआईजीमा बढुवा हुँदा ती स्थानमा प्रमुख पद रिक्त हुँदै आएको थियो।

सुदूरपश्चिममा डीआईजी गणेश चन्द अवकाश गएपछि त्यहाँको डीआईजीको पद रिक्त थियो भने कर्णालीमा पनि जनक भट्टराई एआईजी बढुवा भएपछि रिक्त छ। भट्टराई एआईजीबाट अवकाश भइसकेका छन् ।कर्णालीमा अहिलेको सरुवामा कसैको सरुवा गरिएको छैन । त्यसैगरी गण्डकीमा डीआईजी भोला बहादुर रावलको अवकाशले त्यहाँको पनि डीआईजी पद रिक्त भएको हो।

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  २१:०३
प्रतिक्रिया दिनुहोस्