स्वास्थ्यमन्त्रीले गरे भेरी अस्पतालको जलन वार्ड र सर्जिकल विङ्गको उद्घाटन

आइतबार, वैशाख २१, २०८२

नेपालगञ्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले भेरी अस्पतालमा जलन वार्ड र सर्जिकल विङ्गको उद्घाटन गरेका छन् । आज विहान एक कार्यक्रमका बीच मन्त्री पौडेलले जलन वार्ड र सर्जिकल विङ्गको उद्घाटन गरेका हुन् । 

उद्घाटन समारोहमा स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटा लगायतको उपस्थिति थियो। जलन वार्ड सञ्चालनमा आएसंगै अब अग्नीपीडित विरामीलाई उपचारमा सहज हुनेछ । अस्पतालको नयाँ भवनमा ६ शैयाको जलन वार्ड र १४ शैयाको सर्जिकल विङ्ग सञ्चालनमा ल्याइएको छ । 

सोही समारोहमा मन्त्री पौडेलले सिकलसेल र थालेसिमियाका बिरामीका लागि संक्रामक रोगबाट बचाउन भेरी अस्पताललाई निःशुल्क खोप हस्तान्तरण समेत गरेका छन् । 

कार्यक्रम अस्पताल विकास समितिका अध्यक्ष विरेन्द्र बहादुर शाहको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले पछिल्लो चार महिनामा अस्पतालमा भएको सुधार र उपलब्धिका बारेमा जानकारी गराएका थिए ।

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १३:३७
प्रतिक्रिया दिनुहोस्