बाँकेका नयाँ प्रहरी प्रमुख एसपी रामप्रसादले गरे पदभार ग्रहण

शुक्रबार, वैशाख १९, २०८२
honor mob  winter sales

नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेका नयाँ प्रहरी प्रमुख एसपी रामप्रसाद घर्तीमगरले पदभार ग्रहण गरेका छन् ।

Honor x7 pad

आज बिहान जिल्ला प्रहरी कार्यालय बाँके आइपुगेका एसपी रामप्रसादलाई एसपी तुलबहादुर कार्कीले स्वागत गरेका थिए।

स्वागत कार्यक्रम पश्चात् एसपी रामप्रसादले पदभार ग्रहण गरेका हुन् । त्यस्तै बाँकेबाट प्रदेश प्रहरी कार्यालय पोखरा सरुवा भएका एसपी कार्कीलाई  बाँकेका नयाँ प्रहरी प्रमुख रामप्रसादले कार्कीलाई बिदाई गरेका हुन् । एसपी कार्कीलाई व्यवसायिक जिवनको सफलताको शुभकामना सहित मायाको चिनो प्रदान गर्दै बिदाई जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

प्रहरी प्रधान कार्यालयको बैशाख १५ गते गरेको सरुवा अनुसार जिल्ला प्रहरी कार्यालय बाँकेको प्रमुखमा खटाइएका एसपी रामप्रसादलाई जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी दिपक पातली, इलाका प्रहरी कार्यालय कोहलपुरकी डीएसपी लक्ष्मी खनाल लगायत अन्य प्रहरी कर्मचारीले स्वागत गरेका थिए।

स्वागत तथा बिदाई कार्यक्रममा जिल्लाभरका विभिन्न युनिट इन्चार्ज, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी कर्मचारी लगायत सिनियर तथा जुनियर प्रहरी अधिकृत र अन्य प्रहरी कर्मचारीको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  १२:०२
प्रतिक्रिया दिनुहोस्