सर्वोच्चको न्यायाधीशका पिएसोको पेस्तोल चोर्ने दुई जना पक्राउ

आइतबार, साउन २१, २०८०
honor mob  winter sales

काठमाडौं ।  न्यायाधीशका पिएसोको पेस्तोल चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

Honor x7 pad

सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीका पिएसओ प्रहरी नायब निरीक्षक (सई)  प्रभाकर खड्काको पेस्तोल चोरी गर्ने सिन्धुपाल्चोकका २१ वर्षीय बासुदेव थामी र सिन्धुलीका २७ वर्षीय मेगबहादुर तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

पक्राउ परेका थामी र तामाङले गत असार ३० गते  कागेश्वरी मनोहरा नगरपालिका- १ गागलफेदीस्थित सई खड्काको घरबाट पेस्तोल चोरी गरेका थिए।

प्रहरीको अनुसन्धानबाट उनीहरुले पेस्तोल चोरेको रहस्य खुलेपछी पक्राउ गरेर  घटना बारे थप अनुसन्धान अघि बढाएको प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १२:३०
प्रतिक्रिया दिनुहोस्