पत्रकार उदय श्रेष्ठ नेपालगन्जबाट पक्राउ

सोमबार, वैशाख १५, २०८२
Honor 600 pro

नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले पत्रकार उदय बहादुर सिंह श्रेष्ठलाई पक्राउ गरेको छ।

अराधिक लाभ लिन नहुने कसूरमा परेको जाहेरीका आधारमा जिल्ला प्रहरी बाँकेले श्रेष्ठलाई पक्राउ गरेको बाँके प्रहरी प्रवक्ता डीएसपी दिपक पातली जानकारी दिएका छन।

बाँके प्रहरीका अनुसार नेपालगन्ज उपमहानगरपालिका-१० का श्रेष्ठलाई पक्राउ गरी  थप अनुसन्धान प्रक्रिया अगाडी बढाइएको छ।

डीएसपी पातलीले भने-"उहाँलाई पक्राउ गरेका छौं, अब सबै कुरा अनुसन्धानबाट खुल्ने छ।"

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  २१:३५
प्रतिक्रिया दिनुहोस्