आकाश भुषालको बाँकेबाट बिदाई, छिरे अख्तियारमा

सोमबार, वैशाख १५, २०८२
honor mob  winter sales

नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले प्रहरी निरीक्षक (इन्स्पेक्टर) आकाश भुषालको बिदाई गरेको छ। आज जिल्ला प्रहरी बाँके परिसरमा आयोजित 'फेरि भेटौला अन्तर्गत' इन्स्पेक्टर भुषालको बिदाई गरेको हो।

Honor x7 pad

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएर जान लागेका इन्स्पेक्टर भुषाललाई जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी तुलबहादुर कार्कीले मायाको चिनो दिएर बिदाई गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

कार्यक्रमका उपस्थित जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी दीपक पातली, इन्स्पेक्टरहरु याम बहादुर मल्ल, याम बहादुर बुढा , हिम बिक, शिवा थापा र प्रहरी सई लक्ष्मी प्रसाद कँडेलले मायाको चिनो प्रदान गर्दै इन्स्पेक्टरको भुषालको बिदाई गरिएको थियो।

बिदाई कार्यक्रममा एसपी कार्की लगायत अन्य सिनियर तथा जुनियर प्रहरी अधिकृत र अन्य प्रहरी कर्मचारीको उपस्थिति रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  १३:५०
प्रतिक्रिया दिनुहोस्