ह्तकडीसहित भागेकी महिला भारतको पलियाबाट पक्राउ

सोमबार, वैशाख १५, २०८२
Honor 600 pro

कैलाली  । मानव बेचबिखन मुद्दामा पक्राउ परेर हतकडीसहित फरार भएकी महिला थुनुलाई प्रहरीले भारतबाट पक्राउ गरेको छ।

कैलालीमा मानव बेचबिखन मुद्दामा पक्राउ परेर शनिबार  जिल्ला सरकारी वकिलको कार्यालयबाट 
भागेकी  ५० वर्षीय मीना शाही दमाइलाई प्रहरीले भारतको पलियामा लुकिछिपी बसेको अवस्थामा पक्राउ जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ। 

कैलाली प्रहरीका अनुसार मीनालाई म्याद थपका लागि जिल्ला सरकारी वकिल कार्यालय लगेको बेला हतकडीसहित भागेकी थिइ। उक्त घटनामा प्रहरीका दुई कर्मचारीलाई निलम्बन गरिएको छ।

निलम्बन हुनेमा प्रहरी सहायक हवल्दार चक्र अधिकारी र प्रहरी जवान लोकराज जोशी रहेको जिल्ला प्रह!कार्यालय कैलालीले जानकारी दिएको छ।

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  ११:१२
प्रतिक्रिया दिनुहोस्