१० वर्ष जेल सजाय पाएर फरार भएका बैजनाथका वली प्रहरीको नियन्त्रणमा

सोमबार, वैशाख १५, २०८२
Honor 600 pro

बाँके । बाँके प्रहरीले जबरजस्ती करणी मुद्दामा फरार  प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाँकेको बैजनाथ गाउँपालिका-४ बानियाभारका २६ वर्षीय विर बहादुर वली रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बाँके जिल्ला अदालतबाट २०८० पुस १७ जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएर १० वर्ष कैद सजाय पाएयता  वली फरार रहदै आएका थिए।

विशेष सूचना पाएर गएको बाँके प्रहरीको टोलीले लुकिछिपी बसेको अवस्थामा बानियाभारबाट वलीलाई पक्राउ गरेको हो।

पक्राउ परेका वलीलाई आइतबार  कैद सजाय भुक्तानका लागि बाँके जिल्ला पेस गरेर नेपालगन्ज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  ०७:०३
प्रतिक्रिया दिनुहोस्