नेपालगन्जमा पेस्तोल पड्काएर आतंक मच्चाउने ४ जना पक्राउ

आइतबार, वैशाख १४, २०८२
Honor 600 pro

नेपालगन्ज । बाँकेको नेपालगन्जमा पेस्तोलबाट गोली पड्काएर स्थानीयलाई आतंकित पार्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका पक्राउ पर्नेमा  नेपालगन्ज-१ का ४० वर्षीय विश्व विजय पोखरेल, नेपालगन्ज-१८ का ३० वर्षीय विशाल आउजी, नेपालगन्ज-४ का २१ वर्षीय अस्मित मल्ल र सोहीका २० वर्षीय सौगात श्रेष्ठ रहेका छन् ।

बैशाख १२ गते राति उनीहरु नमस्ते दोहरीबाट निस्किएर बा४च ३०७१ नम्बरको कारमा आई नेपालगन्ज-१८ स्थित बिशालनगर चोकमा भइरहेको नाईट क्रिकेट प्रतियोगिता स्थलमा पुगेर साथमा बोकेको खुकुरी देखाउँदै र पेस्तोल पड्काएर सर्वसाधारणलाई आतंक मच्चाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

स्थानीयले एक हुल युवकको समूहले पेस्तोलबाट गोली पड्काइरहेको जानकारी दिए पश्चात् तत्काल पुगेको प्रहरीले उनीहरुलाई पिछा गर्ने क्रममा भाग्दै गरेका उनीहरु चारै जनालाई कोहलपुर-१० हाई स्कुलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

पक्राउ परेका चारै जनालाई हिरासतमा लिएर थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  २०:५४
प्रतिक्रिया दिनुहोस्