नेपाली सवार श्रावस्ती कार दुर्घटना अपडेट: यी हुन् मृतकहरु...

आइतबार, साउन २१, २०८०
honor mob  winter sales

नेपालगन्ज । भारतको उत्तरप्रदेशस्थित श्रावस्ती जिल्लामा शनिबार साँझ नेपालगन्जका ७ जना सवार रहेको भयानक कार दुर्घटनामा मृत्यु हुने ६ जनाको बाँके प्रहरीले नाम सार्वजनिक गरेको छ।

Honor x7 pad

दुर्घटनामा मृत्यु हुनेमा नेपालगन्जस्थित त्रिभुवन चोकमा रहेको एस कुमार वाच कम्पनीका सञ्चालक सन्तोष गुप्ताका २२ वर्षीय छोरा निलान्स गुप्ता र २० वर्षीया छोरी सुनिती गुप्ता रहेका छन् ।

त्यस्तै दुर्घटनामा नेपालगन्जकै सदरलाइनमा रहेको  हरि ओम मेडिकलका  एकै परिवारका ३५ वर्षीय बैभव गुप्ता, उनकी श्रीमती ३२ वर्षीया दिपीका गुप्ता, ३ वर्षीय छोरा डल्लु गुप्ता र ६ महिनाकी छोरी श्रीया गुप्ताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

दुर्घटनामा चालक अजय मिश्र गम्भीर घाइते भएका छन् । उनको उपचार भइरहेको छ ।

बाँके प्रहरीका अनुसार बलरामपुरबाट नेपालगन्ज आउँदै गरेको युपी ४७ डब्लु १२१७ नम्बरको कार श्रावस्ती जिल्लाको इकौना नजिक सडकमा गाईसँग ठोक्किँदा दुर्घटना भएको खुल्न आएको छ।

बाँके प्रहरीले मृतकहरुको पोस्टमार्टम पश्चात् बहराइचमा  शव नेपाल ल्याउनका लागि आवश्यक प्रक्रियाको तयार गरिरहेको जनाएको छ।

उनीहरुको मृत्युको खबरले त्रिभुवन चोक शोकमा डुबेको छ । 

 

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १०:०९
प्रतिक्रिया दिनुहोस्