जमुनाहबाट ब्राउन सुगरसहित पुष्पा पक्राउ

शनिबार, वैशाख १३, २०८२
honor mob  winter sales

बाँके।  नेपालगन्जबाट प्रहरीले ब्राउन सुगरसहित एक महिलालाई पक्राउ गरेको छ।

Honor x7 pad

पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका-१३ बस्ने ३५ वर्षीया पुष्पा लोनिया रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

जिल्ला प्रहरी बाँकेक अनुसार भारतको रुपइडिहाबाट नेपालगन्ज आउँदै गरेको अवस्थामा पुष्पालाई इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको टोलीले १९ ग्राम २ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।

शुक्रबार दिउँसो पक्राउ परेकी पुष्पालाई हिरासतमा लिएर लागुऔषध कसुरमा थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

 

 

प्रकाशित मिति: शनिबार, वैशाख १३, २०८२  २०:२५
प्रतिक्रिया दिनुहोस्