दुई दिन भेरी अस्पतालको ओपीडी र ल्याब सेवा बन्द हुँदै

शनिबार, वैशाख १३, २०८२
honor २२ sept

नेपालगन्ज । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रेषण अस्पतालको रुपमा रहेको भेरी अस्पतालको ओपीडी र ल्याब सेवा दुई दिन बन्द हुने भएको छ । 

X7D

आज भएको आगलागीले ओपीडी भवनमा नोक्सानी पुर्‍याएपछि भोलि र पर्सि ओपीडी सेवा बन्द गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। निराजन सुवेदीले जानकारी दिए। 

'अस्पताल भवनमा रहेको मेडिकल स्टोरमा आज भएको आगलागीका कारण मेडिकल स्टोर, फार्मेसी, ओपीडी भवन लगायतका ठाउँमा क्षति भएको छ,'उनले भने-'तत्कालका लागि अस्पतालको बहिरङ्ग सेवा (ओपीडी) सुचारु गर्न नसकिने भएकोले वैशाख १४ र १५ गते अस्पतालको ओपीडी तथा ल्याब बन्द रहन्छ ।झ

अस्पतालमा आज बिहान साढे १० बजे भएको आगलागीमा करीब ४ करोडको नोक्सानी भएको डा.सुवेदीले बताए । फार्मेसीको स्टोरमा रहेको भ्याक्सिन राख्ने फ्रीजबाट आगलागी भएको अनुमान गरिएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन ।

प्रकाशित मिति: शनिबार, वैशाख १३, २०८२  १९:१६
प्रतिक्रिया दिनुहोस्