बर्दियाबाट फरार प्रतिवादी पक्राउ पर्दा ३ युवक ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा

शुक्रबार, वैशाख १२, २०८२
honor mob  winter sales

बर्दिया बर्दियाबाट प्रहरीले कैद सजाय र जरिवाना पाएर फरार रहेका एक जना प्रतिवादीलाई पक्राउ गरेको छ।

Honor x7 pad

पक्राउ पर्नेमा बाँकेको खजुरा गाउँपालिका-३ का ४२ वर्षीय दिपेन्द्र आचार्य रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ। आचार्यलाई बर्दिया जिल्ला अदालतले ज्यान मुद्दामा दोषी ठहर गर्दै २०७८ असोज १४ गते ३ महिना कैद र पीडित राहत कोषमा २ सय रुपैयाँ जरिवानाको फैसला गरेको थियो।

अदालतको आदेश पश्चात् फरार रहेका आचार्यलाई  गुलरिया नगरपालिका-४ राधाकृष्ण चोकमा लुकीछिपी बसेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको टोलीले पक्राउ गरेको हो।

बर्दिया प्रहरीका अनुसार पक्राउ परेका आचार्यलाई आबश्यक कैद भुक्तानका लागि बर्दिया जिल्ला अदालत पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

ब्राउन सुगर बरामद 

त्यसैगरी बर्दिया प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाले दिएको जानकारी अनुसार इलाका प्रहरी कार्यालय बानियाभारको टोलीले बारबर्दिया नगरपालिका-४ स्थित जयनगरबाट पदनाहातर्फ आउँदै गरेको अवस्थामा ७ सय मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सोही स्थानका २२ वर्षीय मनोज थारु,१९ वर्षीय विशाल परियार  र२८ वर्षीय अन्तराम थारु रहेको बर्दिया प्रहरीले जानकारी दिएको छ।

प्रहरीले उनीहरुको साथबाट ब्राउन सुगरसहित ३ थान मोबाइलसमेत बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय बर्दिया पक्राउ परेका तीनै जनाविरुद्द अदालतबाट ५ दिनको म्याद थप गरेर लागुऔषध कसुरमा अनुसन्धान सुरु गरिएको जनाएको छ।

 

 

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  १९:२७
प्रतिक्रिया दिनुहोस्