यस्तो छ आगामी ३ दिनको मौसम, केही स्थानमा भारी वर्षा

आइतबार, साउन २१, २०८०
honor mob  winter sales

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले अबको तीन दिन देशभरका विभिन्न स्थानमा भारी वर्षा हुने जानकारी दिएको छ । मौसम पूर्वानुमान बुलेटिन अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा वर्षा हुनेछ । 

Honor x7 pad

हाल देशभर आंशिक देखि सामान्य बदली रही हाल बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरू, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । 

नेपालमा मनसुनी वायुको साथै भारतको बिहार र पूर्वी उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणाली को  प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर  स्थान  भन्दा  उत्तरतिर  अवस्थित  रहेको  छ।

आज  देशभर सामान्य देखि पूर्ण बदली  रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र  मधेस  प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। राती गण्डकी प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।  

भोलि कोशी, मधेस,  बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही र कर्णाली  प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

२३ गते मंगलबार कोशी, मधेस,  बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी प्रदेश र मधेस प्रदेशका थोरै स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ। 

वर्षाको सम्भावना रहेका स्थानका नदीको जल सतह बढ्ने, बाढी, पहिरोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध  गरेको छ । 

 

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  ०७:५७
प्रतिक्रिया दिनुहोस्