प्रहरीको नक्कली डीएसपी बनेर धम्की दिदै हिंड्ने युवक पक्राउ

मंगलबार, वैशाख ९, २०८२
Honor 600 pro

काठमाडौं । आफूलाई नेपाल प्रहरीको डीएसपी हुँ भन्दै धम्क्याउने र अभद्र व्यवहार गर्ने एक जनालाई सक्कली प्रहरीले  पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाग्लुङ नगरपालिका-४ कुडुलेफेदीका ३२ वर्षीय चन्द्रकान्त पौडेल रहेका छन् ।जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार नक्कली डीएसपी पौडेलले पोखरा महानगरपालिका-८ सिर्जनाचोकस्थित ढावा रेष्टुरेन्ट एण्ड बारमा खानेकुरा खाएर बिल तिर्नुपर्नेमा उल्टै प्रहरीको डीएसपी हुँ भन्दै धम्की दिनुका साथै काउण्टरका कर्मचारीमाथि अभद्र व्यवहार गरेका थिए ।

त्यसपछि बार सन्चालकको सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामको टोलीले पौडेललाई पक्राउ गरेको हो।

उनीबिरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालय कास्कीबाट १० दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको कास्की प्रहरीले  जानकारी दिएको छ।

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  ०८:४७
प्रतिक्रिया दिनुहोस्