भज्जीपुरुवाबाट २ लाख रुपैयाँको चल्ला बरामद

सोमबार, वैशाख ८, २०८२
Honor 600 pro

नेपालगन्ज। बाँकेको नेपालगन्जबाट ठुलो परिमाणमा प्रहरीले  कुखुराको चल्लासहित एक जनालाई पक्राउ गरेको गरेको छ।

आज बिहान जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले नेपालगन्ज-२३ भज्जीपुरुवाबाट  २ हजार कुखुराका चल्लासहित भारतीय युवकलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पक्राउ पर्नेमा भारतको सीमावर्ती बजार रुपइडिहाका २५ वर्षीय शिव मनिहार(सल्मान) रहेका छन् ।

भारतबाट अवैध तस्करी गरेर ल्याउदै गरेको २० कार्टुनमा रहेको २ लाख रुपैयाँ बराबरको २ हजार चल्लालाई आबश्यक कारबाहीका लागि नेपालगन्जस्थित पशु क्वारेन्टाइन कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  १८:०५
प्रतिक्रिया दिनुहोस्