प्रहरीको १० डीआईजी बढुवाका लागि दुई दर्जन बढी अधिकृत दौडमा

आइतबार, वैशाख ७, २०८२
Honor 600 pro

काठमाडौँ । नेपाल प्रहरीका ६ डीआईजी एआईजीमा बढुवा सिफारिस भएसँगै १० जना डीआईजीको दरबन्दी रिक्त भएको छ। 

डीआईजी बढुवा सिफारिस गर्ने कार्य नजिकिदै गर्दा दुई दर्जन बढी एसएसपीहरु बढुवाका लागि तीब्र लबिङ सुरु गरिसकेका छन् । अब हुने डीआईजी बढुवाका लागि ३ टोलीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।

डीआईजी बढुवाका लागी सबैभन्दा सिनियर एसएसपी दीपक रेग्मी र सुदर्शन कोइराला अगाडि छन् । २०५४ चैत १८ गते भर्ना भएका उनीहरु दुई जना हालै एआईजीमा बढुवा भएका दानबहादुर कार्कीका ब्याचमेट हुन् ।

त्यसैगरी राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएका १० जना एसएसपीहरु पनि कडा प्रतिस्पर्धामा छन् ।जसमा ओम बहादुर राना, माधव प्रसाद श्रेष्ठ, दीपेन्द्र घर्ती क्षेत्री, शारदा प्रसाद चौधरी, विनोद घिमिरे, जयराज सापकोटा, सञ्जीव शर्मा दास, सुरेन्द्र बहादुर गुरुङ, दिलीप सिंह देउवा र दीपक कुमार बस्नेत डीआईजीको प्रतिस्पर्धमा छन् ।   

उनीहरुमध्ये एसएसपी राना, देउवा,  गुरुङ र  श्रेष्ठ २०५३ पुस ५ मा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएका हुन् भने दीपेन्द्र  २०५५ जेठ ७ , बस्नेत, घिमिरे र  सापकोटा २०५४ माघमा राष्ट्रिय अनुसन्धानमा  भर्ना भएका हुन् । 

त्यस्तै डीआईजीको प्रतिस्पर्धामा २०५६ असार ३ गते भर्ना भएको अर्को टोली रहेको छ। उक्त टोलीका १५ जना बढुवा प्रतिस्पर्धाको दौडमा छन् ।

उक्त टोलीका विश्व अधिकारी, भूपेन्द्र बहादुर खत्री, सानुराम भट्टराई, ओम प्रसाद अधिकारी, शेखर खनाल, अवि नारायण काफ्ले, सोमेन्द्र सिंह राठौर, मुकुन्द मरासीनी, दीप शमशेर जबरा, गोपाल चन्द्र भट्टराई, प्रवीण पोखरेल, गंगा पन्त, कृष्ण बहादुर पल्ली मगर, तारादेवी थापा र प्रज्वल महर्जन कडा प्रतिस्पर्धामा छन् ।

 

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  १७:१९
प्रतिक्रिया दिनुहोस्