नेपालगन्ज उधोग वाणिज्य संघ निर्वाचन: अब्बल सफिक बेहना

आइतबार, साउन २१, २०८०
honor mob  winter sales

नेपालगन्ज । मो. सफिक बेहना नेपालगन्जको एउटा चिरपरिचित नाम हो। व्यवसायसँगै राजनीतिमा उदाएका बेहना नेपालगन्ज-४ का निवर्तमान वडाध्यक्ष हुन् ।

Honor x7 pad

सफिक नेपालगन्जका सफल युवा व्यवसायी हुन् । विगत १६ बर्षदेखि साविकको मध्य र सुदूरपश्चिममा उनले  खाद्यान्न पुर्याउँदै आएका छन् । खाद्यान्नको थोक विक्रेता बेहना नेपालगन्ज उपमहानगरपालिका १  मा रहेको नेसनल सप्लायर्सका सञ्चालक हुन् । सफिक यही भदौ २ गते हुने नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनमा साझा प्रजातान्त्रिक उद्योगी व्यावसायी समूहबाट उद्योगतर्फको उपाध्यक्ष पदका उम्मेदवार छन् ।

बेहना परिवारमा जेठो छोराका रुपमा वि.स  २०३५ साल  जेठ ५ गते जन्मिएका सफिक प्रष्टवक्ता हुन् । हक्की स्वभावका सफिक आफ्नो जिम्मेवारी र बाचालाई पूरा गर्न सक्ने क्षमताका युवा व्यवसायी हुन्। नेपालगन्ज उपमहानगरपालिकाकै सफल वडाध्यक्ष भइसकेका सफिक नेपालगन्ज उपमहानगरको सफल कार्यबाहक मेयर बनिसकेका छन् ।

वडाध्यक्ष हुँदा होस् वा अरुबेला पनि सफिक नेपालगन्ज उद्योग वाणिज्य संघको हकहितको लागि बोल्दै आएका छन् । 

सफिकको इन्ट्रीले निर्वाचनको माहोल नै बेग्लै

सफिकले अहिले देखिएको व्यवसायीक समस्या समाधान र संघभित्र  बाणिज्य  संघलाई बलियो बनाउन आफुले उम्मेदवारी दिएको  बताएका छन् ।

अहिले उद्योगी व्यवसायीहरु जटिल अवस्थामा पुगेकाले   पुरानो साख जोगाउन  उद्योगी व्यवसायीको समस्या सम्बोधन गर्नका लागि सफिकले उद्योगतर्फको उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । त्यस्तै सफिको संघको अधिकार र दायरा ठूलो बनाउने काम गर्ने प्रतिवद्धता रहेको छ।

विभिन्न सामाजिक सेवा गर्न रुचाउने सफिक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) का बाँके निर्वाचन क्षेत्र नं.२ (ख) सभापति समेत हुन् । गरिव र दुखीका सहारा भनेर चिनिने बेहनाले  कोरोना कहरका बेलामा भेरी अस्पताल, सुरक्षा निकाय, गरिव ,बेसहारालाई स्वास्थ्य सामाग्री लगायत खाधान्न समेत निशुल्क वितरण गरेका थिए। 

तर भनिन्छ नि, आँट र आकांक्षा हुनेहरु सीमित आकाशमा रमाउन सक्दैनन् र उनीहरुलाई धेरै पर अवसर तथा सम्भावनाको फराकिलो क्षितीज छ भन्ने पूर्वानुमान हुने गर्छ । सायद त्यस्तै आभास भएको हुनुपर्छ र त नेपालगन्जमा सफिक सफल व्यवसायका रुपमा चिनिन्छन् ।

पक्कै पनि बेहनाको उपाध्यक्ष पदको उम्मेदवारीलाई नेपालगन्जका व्यवसायीहरुले मनन गर्दै समर्थन गरेर समस्त प्रजातान्त्रिक प्यानललाई जिताउने अनुमान गरिएको छ। साथै उनको इन्ट्रीले निर्वाचनको माहोल नै बेग्लै भएको मतदाताहरुले बताउँदै आएका छन् ।

ललित रौनियारले नेतृत्व गरेको साझा प्रजातान्त्रिक प्यानलमा  उद्योग उपाध्यक्षमा सफिकसँगै बाणिज्यतर्फको उपाध्यक्षमा विष्णुप्रसाद श्रेष्ठ , महिला उपाध्यक्षमा करिश्मा योगी तथा महासचिवमा टंकप्रसाद शर्मा उम्मेदवार बन्नेछन् । यस्तै उपमहासचिवमा टेकबहादुर खड्का र कोषाध्यक्षमा मख्खनबहादुर धामी उम्मेदवारी छन् ।

त्यस्तै सदस्यहरुमा शिवप्रसाद दाहाल, विवेककुमार श्रेष्ठ, कैफुल वरा जोलाहा, प्रमोदकुमार अग्रवाल, युवराज ढकाल, सुनिल भण्डारी, पदम श्रेष्ठ, अतुलकुमार गुप्ता र बलबहादुर विष्ट (बबी)  तथा एशोसिएट सदस्यमा प्रदिपकुमार गुप्ता र पुरुषोत्तम अग्रवाल उम्मेदवार रहेका छन् ।

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  ०६:५४
प्रतिक्रिया दिनुहोस्